गुल्मी,१० भदौ ।
गुल्मीमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका–७ भुजेलखर्कका २५ वर्षीय पवन विकको मंगलबार राति उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीकाअनुसार मंगलबार अपरान्ह रेसुङ्गानगरपालिका–७ स्थित जिपपार्क सडकमापार्किङ गरी राखेको लु १ ख ८०७ नम्बरको ट्रकअगाडिबढाउने क्रममाविकलाई ठक्कर दिएको थियो । ट्रक गुल्मी दरबार गाउँपालिका–७ निवासी ५० वर्षीय टेकबहादुर खत्रीले चलाएका थिए ।
टाउकोमा गम्भीर चोट लागेका विकलाई उपचारकालागि सुरुमा गुल्मी अस्पताल तम्घास लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बुटवलस्थित चौराहा अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
मृतकको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको शवगृहमा राखिएको छ । ट्रक र चालकलार्इ नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





