बाँके,२० साउन ।
बाँकेमा इँट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका –१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको च्यापिएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको हो भने ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए ।

साउन १८ गते भएको यो घटनाका गम्भीर घाइते कोरीको उपचारको क्रममा आज (साउन २० गते) बिहान ३:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।