काठमाण्डौ,१९ साउन
प्रस्तावित ‘पर्यटन विधेयक, २०८१’ माथि छलफल गर्न बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको छ ।

सिंहदरबारमा बसेको उक्त बैठकमा विधेयकबारे मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो ।
समाचार सङ्कलनका लागि पुगेका सञ्चारकर्मीहरूलाई बैठकमा बस्न अनुमति दिइएन ।

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सञ्चारकर्मीहरूलाई प्रवेश निषेध गरिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकमा प्रस्तावित ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्ने कार्यसूची थियो । समाचार सङ्कलनका लागि पुगेका सञ्चारकर्मीहरूलाई भने उक्त बैठकमा बस्न नदिइएको हो ।

बिहान १० बजेदेखि सुरु भएको सो बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मन्त्रालयका सचिवका साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव एवं प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको थियो। समितिले विधेयकको मस्यौदामाथि सम्बन्धित मन्त्रालयका पदाधिकारीहरूसँग परामर्श अघि बढाए पनि सञ्चारमाध्यमलाई भने बैठकमा सहभागी हुन रोक लगाइएको छ ।