बुटवल,१९ साउन ।
प्रहरीले रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको करिब .६ लाख ५५ हजार २७९ मुल्य बराबरका सामानहरु नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मिति २०८३/४/१८ गते जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको करिब .६ लाख ५५ हजार २७९ मुल्य बराबरका सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी,प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।

प्रहरीले जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं.९ स्थित मंगलापुरबाट करिब .६४ हजार ८०० ।– मूल्य बराबरको ३३ पिस साडी, ६ पिस सुट, १५ डिब्बा मिठाई, १५ पोका पान मिठाई, ३०० पिस चोको स्टार र ३ प्याकेट गुल बरामद गरेको छ भने मंगलापूर बाटै २४ हजार ५००।– बराबरको १९ पिस साडी बरामद गरेको छ ।

जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं.१ स्थित डण्डापुलबाट रु.४८ हजार १०।– बराबरको २० केजी सरफ, ८ दर्जन ओरिओ बिस्कुट, २५ पिस सुट, २ के.जी. किसमिस, २के.जी. काजु र १२ पिस कस्मेटिक क्रिम बरामद गरेको छ भने सोही ठाउबाटै रु.१ लाख ४१ हजार ७२१।– मूल्य बराबरको २४ डिब्बा प्रोटिन,३२ पिस लेडिजसुट र मोटरसाइकलको बिभिन्न पाट्र्सहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं.१ स्थित मेडिकल कलेज क्षेत्रबाट रु.५१ हजार ८४८।– मूल्य बराबरको १३ बोरा मटर र ३८ प्याकेट बरामद गरेको छ भने मायादेवी गाँउपालिका वडा नं. ४ स्थित सुण्डाबाट रु.३ लाख २४ हजार ४००।– अ.मूल्य बराबरको लु ७६ प १९५६ नं को मोटरसाइकल सहित लेडिज मोजा, पर्दा र ठुलो गाडीको ब्रेज बरामद गरेको छ ।