काठमाडौँ,१८ साउन
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सोमबार सिंहदरबारबाटै पक्राउ गरेको हो ।

भट्टराईविरुद्ध तिब्बती शरणार्थीका नाममा गैरकानुनीरूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोप छ ।

उनलाई आजै जिल्ला अदालत काठमाडौँ उपस्थित गराउने सीआईबीको तयारी छ । उनीविरुद्ध गत सोमबार नै मुद्दा दायर भएको थियो ।

उनले २०६८ सालमा ट्राभल डकुमेन्ट जारी गरेको सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले जानकारी दिए ।