बुटवल,३ साउन ।
नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं. २ काे आयोजनामा युवा र विद्यार्थीबीच ‘कांग्रेस संवाद’ कार्यक्रम आइतबार बुटवलमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि नारायण भट्टराईले युवा र विद्यार्थी कांग्रेसको सबैभन्दा महत्वपूर्ण शक्ति भएको बताउदै पार्टीको जरा अभियानलाई सफल बनाउन युवाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
पार्टीभित्र लोकतान्त्रिक मूल्य र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँदै आगामी दिनमा संगठनलाई अझ व्यापक र प्रभावकारी बनाउनुपर्नेमा जाेड दिए ।
अध्यक्ष प्रजापाल गिरीले “क्षेत्र नं. २ लाई कांग्रेसको बलियो आधार बनाउने अभियानमा युवा तथा विद्यार्थीहरूको सुझाव र सहयोग अत्यन्त महत्वपूर्ण रहेको बताए । ६ गतेसम्म क्रियाशील सदस्यता अभियानलाई तीव्रता दिनुपर्ने र भावी दिनमा पार्टीमा युवाहरूको प्रत्यक्ष संलग्नता बढाउनुपर्ने उनलेे जाेड दिए ।
कार्यक्रममा केन्द्रीय सदस्य रामबहादुर कार्की,कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश राना, प्रदेश सदस्य दीर्घबहादुर केसी ‘कुमार’, जिल्ला सभापति रामकृष्ण खाँण,नगर सभापति खेलराज पाण्डेय, नेपाल तरुण दल जिल्ला सचिव रमेश शाही,नेविसंघ लुम्बिनी बाणिज्य क्याम्पस उपसभापति निराजन खरेल,भेषराज पोख्रेललगायतले कार्यक्रमकाे उदेश्य र आवश्यकता बारे आ आफ्नो भनाइ राखेका थिए ।
क्षेत्रीय सचिव बिमलराज भट्टराईले कार्यक्रम बारे जानकारी दिँदै क्षेत्र नं.२ मा हालसम्म ६३०० क्रियाशील सदस्य रहेको बताए ।
छलफलका प्रमुख विषयहरूमा कांग्रेसको जरा अभियान, क्रियाशील सदस्यता विस्तार,पार्टीको भावी रणनीति तथा युवा तथा विद्यार्थीको भूमिका रहेका थिए ।
क्षेत्रीय सभापति प्रजापाल गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कांग्रेसका विभिन्न तहका नेताहरूकाे सहभागिता रहेको थियो ।







