काठमाडौं,३२ असार ।
लियोनेल मेसीको जादुमयी खेलमा सात मिनेट भित्र दुई गोल गर्दै अर्जेन्टिनाले विश्वकप फुटबल २०२६ को फाइनल यात्रा तय गरेको छ । दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड विरुद्ध उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनाले फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।
खेलमा १-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै उत्कृष्ट पुनरागमन गरेको अर्जेन्टिनाले खेलको अन्ततिर लगातार दूई गोल गर्दै २-१ को उत्कृष्ट जित हासिल गर्यो ।
खेलमा इंग्याल्न्डले ५५औं मिनेटमा एन्थोनी गोर्डनको गोलमा अग्रता लिएको थियो । गोर्डनले मोर्सन रोजर्सको क्रसलाई आकर्षक गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए । तर खेलमा अग्रता बनाएपनि पूर्ण दबाबमा परेको इंग्ल्यान्ड विरुद्ध ८५ औं मिनेटमा एन्जो फर्नान्डेजले लियोनेल मेसीको उत्कष्ट पासलाई लङ रेन्जबाट प्रहार गर्दै गोलमा परिणत गरे ।
९ मिनेट थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा लियोनेल मेसीकै क्रसलाई ८०औं मिनेटमा सब्सटिच्युट आएका लाउटारो मार्टिनेजले हेड मार्फत आकर्षक गोल गर्दै खेलमा निर्णायक अग्रता दिलाए । हारसंगै इंग्ल्यान्ड तेस्रो स्थानका लागि फ्रान्स संग प्रतिष्पर्धा गर्नेछ ।
फ्रान्स र इंग्ल्यान्ड बिचको खेल साउन ३ गते आइतबार विहान २ : ४५ मा हुनेछ । त्यसैगरी फिफा विश्वकप २०२६ को फाइनल खेल त्यसको अर्को दिन साउन ४ गते सोमबार विहान १२ : ४५ मा हुनेछ ।






