राैतहट,३१ असार ।
रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन् ।
मंगलबार राति करिब १ बजे २८ वर्षीय गौतम कुमार सहनीले शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ। आगलागीबाट उनको घाँटीदेखि तलसम्म करिब ३१.५ प्रतिशत शरीर जलेको छ ।
घाइते सहनीलाई तत्काल बेटर नेपाल अस्पताल, गरुडामा उपचारका लागि लगिएको थियो। अस्पतालबाट बिहान करिब ४ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक मनोज दासको कमाण्डमा टोली घटनास्थल र अस्पतालमा खटिएको थियो ।
प्रारम्भिक उपचारपछि सहनीलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल, काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ । हाल उनको अवस्था मध्यम रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






