बुटवल,२८ असार ।
बुटवल स्थित द्यौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७ औ स्थापना दिवसका अवसरमा आईतवार महिला वालवालिका तथा आम्दा अस्पताल बुटवलमा उपचाररत महिला तथा बालबालिकाहरुलाई फलफूल वितरण गरिएको छ ।
सहकारीले सामाजिक उत्तरदाईत्व बहन गदै अस्पतालमा भर्ना भै उपचारार्थ विरामीलाई फलफुल प्रदान गरेको सहकारीका अध्यक्ष गोविन्द खनालले जानकारी दिए । बुटवल ७ मा संचालित आम्दा अस्पतालमा सहकारीका संस्थापक अध्यक्ष रामकृष्ण खांणको प्रमुख आतिथ्यतामा विरामीलाई फलफुल बितरण गरिएको सचिव ठाकुर घिमिरेले बताए ।
अस्पतालका १ सय बढी बिरामीलाई फलफुल प्रदान गरिएको कार्यक्रममा सहकारीका सल्लाहकार युवराज गिरी,आर्थिक सल्लाहकार लक्ष्मण अर्याल, कानुनी सल्लाहकार शालिकराम बन्जाडे, अस्पतालका मेडिकल सुपरिटेन्ट डाक्टर विनोद पराजुली, अस्पतालका मेट्रोन कल्पना विक सहकारीका सञ्चालक,शेयर सदस्य र कर्मचारीहरुको सहभागिता रहेको उपाध्यक्ष देव खनालले बताए ।






