दाङ,२७ असार ।
दाङको घोराही उपमहानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत अजय बोहोरामाथि मोबिल खन्याएर दुर्व्यवहार भएको छ । घोराही–१५ का वडा सदस्य लेखनाथ बुढाथोकी (उत्तम) ले बोहोरामाथि मोबिल छर्केर दुर्व्यवहार गरेका हुन् ।
पद्मोदय पब्लिक स्कुलको विद्यालय व्यवस्थापन समितिको निर्वाचन नियम विपरीत गराएको भन्दै बुढाथोकीले बोहोराको शरीरमा मोबिल खन्याइदिएका हुन् ।
यसको भिडियो बुढाथोकी आफैं सामाजिक सन्जालमा पोष्ट गरेका छन् । भिडियोमा मोटरसाइकलमा सवार बोहोरालाई हेलमेट माथिबाटै मोबिल खन्याएको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय दाङले दुर्व्यवहार गर्ने व्यक्तिलाई हालसम्म पक्राउ गरेको छैन ।
बुढाथोकीले विद्यालय व्यवस्थापन समितिको निर्वाचन सार्न दबाब दिँदै आए पनि बोहराले नमानेको बताइएको छ ।






