काठमाडौं,२७ असार ।
विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन् ।

उनलेे सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले ट्राफिक जरिबानाको विषयमा दिएको अभिव्यक्तिका कारण विवादमा परेपछि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक वर्षसम्म सञ्चारमाध्यमहरूलाई अन्तर्वार्ता नदिने घोषणा गरेका हुन् ।

साथै उनले अटेर गर्ने, अपराध गर्नेहरुलाई आवश्यक जरिवाना तथा दण्ड सजाय नगरे देश र समाज कस्तो हुन्छ ? भन्दै प्रश्न समेत गरेका छन् ।

उनले भने-‘आज देखि मैले कुनै पनि ठुला साना युटुवर सहित सोसल मिडियाहरु र पत्रकारहरु कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषय बाहेक एक बर्ष सम्म एक शब्द पनि अन्तरवार्ता दिने छैन, छैन, छैन ।

केहि दिन अगाड़ी ट्राफिक जरिवाना सम्वन्धि कुरामा मलाई केहि थाहा छैन भन्दा भन्दै पनि उनीहरुले कोट्याई कोट्याई सोधेको थिए । मैले अटेर गर्नेलाई जरिवाना गर्नु पर्छ भनेको हो र ५० हजारको कुरा उनीहरुले नै निकालेको हो । अटेर गर्ने, अपराध गर्नेहरुलाई आवश्यक जरिवाना तथा दण्ड सजाय नगरे देश र समाज कस्तो हुन्छ ? आफैले नै कल्पना गनुहोस् ।’