बुटवल,२६ असार ।
बुटवल उपमहानगरपालिकालाई महानगरपालिकाकाे रूपमा विकास गर्ने बिषयमा सम्बन्धित पालिकाहरूले छलफल चलाउन अब ढिलाइ गर्न नहुने सराेकारवालाहरूले जाेड दिएका छन् ।
शुक्रबार बुटवल उपमहानगरपालिकाद्वारा आयोजित छिमेकी स्थानीय तहहरूबीच साझा विषयहरूका सम्बन्धमा समन्वयात्मक कार्यक्रममा बाेल्ने पालिका प्रमुख तथा अध्यक्षहरूले उक्त कुरामा जाेड दिएका हुन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सबै किसिमका मापदण्ड पुरा भएपछि बुटवल उपमहानगरपालिका स्वतह:महानगरपालिका बन्ने भन्दै कस्तो महानगरपालिका बनाउने भन्ने बिषयमा छलफल चलाउन अब ढिला गर्न नहुने बताए ।
देशकै मध्यभागमा अवस्थित बुटवल उपमहानगरपालिका महानगर बन्ने बाटोमा अगाडि बढेको भन्दै नगर प्रमुख पाण्डेयले अन्यत्रबाट थाेपरिएकाे महानगरपालिकाकाे स्वरूप स्वीकार गर्नुभन्दा कुन स्वरूपमा महानगर बनाउने भन्ने बिषयमा अहिलेनै व्यापक छलफल गर्नुपर्ने आवश्यकता औल्याए ।
साे अवसरमा तिलाेत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँड, सैनामैना नगरपालिकाका नगर प्रमुख फणीन्द्र प्रसाद शर्मा,सुद्वाेधन गाउपालिकाका अध्यक्ष बिष्णु प्रसाद बस्याल,पाल्पाको रिब्दिकाेट गाउपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीनगर प्रमुख पाल्पाकै
तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ सार्वजनिक जग्गा संरक्षण पाठ्यक्रम संसाेधन बिना आइतबार बिदाले समस्या पुर्व जनप्रतिनिधि रामेश्वर श्रेष्ठ,नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष हरिसुन्दर बासीलगायतलेलगायतले बुटवल उपमहानगरपालिकालाई महानगरपालिका बनाउने कुरामा आफुहरूकाे सहमति रहेको भन्दै त्यसको स्वरूप बारे आ आफ्नो पालिकामा छलफल गर्न जरुरी रहेको धारणा राखे ।
हरेक पालिकाहरूका अधिकांश समस्या समान प्रकृतिको रहेको भन्दै उनिहरूले साझा समस्या समाधानका लागि साझा पहल गर्नुपर्नेमा जाेड दिए ।
संघीय सरकार र प्रदेश सरकारले समयमै आवश्यक ऐन कानुन नबनाईदिदा स्थानीय तहहरूले आफ्नो अधिकार क्षेत्र भित्रका अधिकार उपयोग गर्न नपाएको भन्दै उनिहरूले कतिपय बिषयमा संघीय सरकारले स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गर्ने गरेको गुनासो गरे ।






