बुटवल,२५ असार ।
बीपी विचार राष्ट्रिय समाज रूपन्देही जिल्ला कार्यसमिति पुनर्गठन भएको छ ।
समाजका अध्यक्ष इन्जिनियर यमलाल पाण्डेले कार्यसमिति पुनर्गठन गर्दै संगठनलाई थप सक्रिय बनाउने घोषणा गरेका हुन् ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा नेत्र भट्टराई र सुमित्रा आचार्य, सचिवमा विनोद घिमिरे,सहसचिवमा उमनाथ पौडेल तथा कोषाध्यक्षमा शिवराज पोखरेल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा अमृत पाण्डे,विनोद ढकाल,दुर्गा सिंह क्षेत्री, विवेक कार्की,प्रदीप गौतम, मोहन न्यौपाने,अर्जुन गौतम, विवेक थापा,अर्जुन जिसी,स्वचित वाग्ले, निराजन कँडेल, पुरुषोत्तम गैरे, विन्दु ढकाल पौडेल, दीपा आयल, तुल्सा शर्मा, राजु रोकाय तथा सवर मियाँ रहेका छन् ।
समाजका संरक्षकमा नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाण रहेका छन् । सल्लाहकारमा विष्णु पोखरेल, कुसुमराज ज्ञवाली, कृष्ण पोखरेल र हरिप्रसाद कँडेल रहेका छन् भने प्रेस सल्लाहकारको जिम्मेवारी विक्रम खड्कालाई दिइएको छ ।
तीन वर्षदेखि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका यमलाल पाण्डे तत्कालीन अध्यक्ष शरद भट्टराई केन्द्रीय सदस्यमा चयन भएपछि स्वतः अध्यक्षको जिम्मेवारीमा रहँदै समाजको नेतृत्व गरिरहेका थिए ।
पुनर्गठनसँगै समाजले अब विचार,नीति र संगठनात्मक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अध्यक्ष पाण्डेले बताए ।
समाजले विशेषगरी नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको योगदान तथा उहाँले अघि सार्नुभएको नीति, सिद्धान्त र लोकतान्त्रिक विचारलाई जनस्तरसम्म पुर्याउने लक्ष्य लिएको जनाएको छ । साथै, कांग्रेस रूपान्तरणका विषयमा व्यापक बहस र छलफल सञ्चालन गर्ने तयारीसमेत गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए ।
उनका अनुसार पहिलो चरणमा जिल्ला कार्यसमितिलाई पूर्णता दिइएको छ भने आगामी चरणमा क्षेत्रीय तथा नगर कार्यसमितिहरू पनि विस्तार गरिनेछ ।






