काठमाडौं,२४ असार ।
नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री विष्णु पौडेललाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका पौडेललाई बुधबार विशेष अदालतका सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासबाट अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न म्याद थप गरेको हो ।
असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई शुरुमा सात दिनको म्याद थप भएकोमा त्यसपछि असार १५ गते ३ दिनको र असार १८ गते ६ दिनको म्याद थप गरेको थियो ।






