बुटवल,२२ असार ।
बुटवल उपमहानगरपालिकाकाे “पढाईसँगै राेजगार कार्यक्रम” अन्तर्गत ट्राफिक व्यवस्थापन तथा राजश्व परिचालनमा सहयोग तर्फ कार्यरत विद्यार्थीहरूका लागि कार्य अनुभव (ओजेटी) प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ ।
साेमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे य,उपप्रमुख सावित्रादेवी अर्याल,प्रवक्ता शिव रानालगायतले सहभागी विद्यार्थीहरूलाई कार्य अनुभव (ओजेटी) प्रमाणपत्र बितरण गरेका हुन् ।
कार्यक्रममा नगर प्रमुख पाण्डेयले शिक्षा र स्वास्थ्य क्षेत्रमा बुटवल उपमहानगरपालिकाले ठूलो धनराशि खर्च गरेको भन्दै त्यसको प्रतिफल स्वरूप शिक्षा र स्वास्थ्यमा अब्बल सावित हुँदै गएको बताए ।
उपप्रमुख सावित्रा देवी अर्यालले जेनजी आन्दोलन,संसदीय निर्वाचन लगायतका कारण कार्यक्रम ढिला र छाेटाे अवधिकाे भएको भन्दै आगामी बर्ष कम्तीमा तीन महिने कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराइन् ।
समापनका अवसरमा प्रशिक्षार्थी नमिता गैरे र सागर पन्थीले बुटवल उपमहानगरपालिकाकाे “पढाईसँगै राेजगार कार्यक्रम” आफुहरूका लागि निकै उपयोगी भएको भन्दै आगामी बर्ष यसलाई थप बिस्तार गर्न माग गरे ।
बुटवल उपमहानगरपालिकाकाे “पढाईसँगै राेजगार कार्यक्रम” अन्तर्गत ट्राफिक व्यवस्थापनमा एक सय तथा राजश्व परिचालन सहयोग तर्फ एकसय गरि दुई सय विद्यार्थीहरूलाई खटाइएको उपमहानगरपालिकाका राेजगार प्रवर्द्धन शाखा प्रमुख अरविन्द पाण्डेले जानकारी दिए ।






