बुटवल,२० असार ।
नेपाली कम्यूनिष्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान बालेन शाह नेतृत्वकाे सरकार सय दिन पूर्ण असफल भएकाे टिप्पणी गरेका छन् ।
नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी प्रदेशकाे प्रथम एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन शनिबार बुटवल आएका संयाेजक प्रचण्डले सञ्चारकर्मिसंग बाेल्दै उनले उक्त टिप्पणी गरेका हुन् ।
” जे आश्वासन र भ्रम दिएर सरकार बनेकाे थियाे, त्याे अनुसार सरकार पूर्ण असफल भएकाे देख्छु म ” उनले भने । वाम एकता भन्दा पनि एमाले, काँग्रेस सहितकाे सहकार्यकाे खाँचाे रहेकाे उनको भनाई छ ।
एकता बैठकमा संयाेजक प्रचण्ड सहित सहसंयाेजक माधव नेपाल, नेताहरू नारायणकाजी श्रेष्ठ, बर्षमान पुन लगायतका नेताहरकाे उपस्थिति रहेकाे छ ।






