
काठमाडौँ,१९ असार ।
अल्जेरियालाई शून्यमै रोक्दै स्विट्जरल्यान्ड फिफा विश्वकप-२०२६ अन्तिम १६ मा प्रवेश गरेको छ ।
फिफा विश्वकप-२०२६ अन्तर्गत क्यानडाको बीसी प्लेस भ्यानकुभर स्टेडियममा भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्ड विजयी भएको हो ।
अल्जेरियालाई २-० ले पराजित गर्दै स्विट्जरल्यान्ड जारी विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।
पहिलो हाफमा १ गोलको अग्रता बनाएको स्विट्जरल्यान्डले दोस्रो हाफमा थप १ गोल गर्यो ।
दोस्रो हाफको पहिलो मिनेटमै डान एनडोएले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरेका हुन् ।
त्यसअघि पहिलो हाफको दशौँ मिनेटमै एम्बोलोले पहिलो गोल गर्दै स्विटरज्लयान्डलाई अग्रता दिलाएका थिए । जोहान मानजाम्बीको पासमा एम्बोलोले गोल गरेका हुन् ।
यसअघि गएराति र आज बिहान भएका खेलमा विजयी भएर स्पेन तथा पोर्चुगल पनि अन्तिम १६ मा प्रवेश गरेका छन् ।





