काठमाडौँ,१८ असार ।
नेपाल प्रहरीका आठै जना अतिरिक्त महानिरीक्षक (एआईजी) को एकसाथ सरुवा भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जनपदतर्फ सबै एआईजीको सरुवा गर्ने निर्णय गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट मनोज केसीलाई सरुवा गरिएको छ । त्यहाँ उमाप्रसाद चतुर्वेदीलाई खटाइएको छ ।

यस्तै उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख ईश्वर कार्की मानवस्रोत विभागमा सरुवा भएका छन् । उपत्यकामा सुशील सिंह राठौरले जिम्मेवारी पाएका छन् ।

यसअघि राठौर अपराध अनुसन्धान विभागमा कार्यरत थिए । उनको ठाउँमा सीआईबीबाट मनोज केसीलाई ल्याइएको छ ।

मानव स्रोत विभागमा कार्यरत राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ भने प्रतिष्ठानमा कार्यरत सिद्धिविक्रम शाहलाई कार्य विभागमा सरुवा गरिएको छ ।

प्रदेश समन्वय विभागमा कार्यरत एआइजी डम्बर विक प्रशासन विभागमा सरुवा भएका छन् ।

प्रशासनमा कार्यरत हिमालयकुमार श्रेष्ठलाई प्रदेश समन्वय विभागमा ल्याइएको छ ।

यसबाहेक प्रहरीमा थप एक जना एआईजीको दरबन्दी छ । प्रहरी अस्पतालमा एआईजी डा. सुन्दरप्रसाद ह्योजुलाई पठाइएको छ ।