चितवन,१८ असार ।
सुख्खा पहिरो खसेर बिहीबार बिहानैदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ । जलबिरेमा खसेको पहिरो डोजरले हटाएपछि भर्खरै दुवैतर्फको सडक सुचारू भएको हो ।
अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालनमा आइसकेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
यसअघि पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको थियो । सडक सञ्चालन भएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।






