काठमाडौँ,१७ असार ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का नव निर्वाचित केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बुधबार केन्द्रीय कार्यालय घण्टी घरमा सभापति रवि लामिछानेले केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
असार(७–१२) सम्म चितवनमा भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट एक सभापति र ९९ सय जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । रास्वपाको विधान अनुसार १५१ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । तीमध्ये १०० जना निर्वाचित र ५१ जना सभापतिबाट मनोनीत गर्ने विधानमा व्यवस्था छ ।
यी बाहेक सात प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था छ । महाधिवेशनबाट खुला ३२, समावेशी ३२ र सात प्रदेशबाट पाँच/पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । यसैगरी निर्वाचित दुई उपसभापति,एक महामन्त्री र तीन सहमहामन्त्रीलाई रविले शपथ गराएका छन् ।
रास्वपामा १९ जना पदाधिकारी रहने व्यवस्था छ । त्यसमध्ये वरिष्ठ नेता,एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनीत हुन बाँकी छ ।






