बुटवल,५ असार ।
भ्रष्टाचार नियन्त्रण नभएर निर्मुल गर्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।

ट्रान्सपरेनसी ईन्टरनेशनल नेपालसँग आवद्व पारदर्शी सराेकार समूह,बुटवलद्वारा शुक्रबार बुटवलमा आयोजित “भ्रष्टाचार न्युनिकरण र सदाचार प्रवर्द्धनका लागि युवा विद्यार्थीकाे भुमिका” बिषयक अन्तरक्रिया एवं छलफल कार्यक्रममा सहभागीहरूले उक्त कुरामा जाेड दिएका हुन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकि उपप्रमुख सावित्रा देवी अर्यालले भ्रष्टाचार नियन्त्रण गर्ने मात्रै नभएर निर्मुल गर्नुपर्ने बताइन् । भ्रष्टाचारको अन्त्य र सुशासनका लागि जेनजी आन्दोलन भएको स्मरण गर्दै उनलेे भ्रष्टाचारकाे अन्त्यका लागि नयाँ पुस्ता सचेत हुनुपर्ने उल्लेख गरिन् ।

साे अवसरमा उच्च सरकारी वकिल कार्यालय बुटवलका सहायक न्यायधिवक्ता बसन्तराज पाेखरेलले भ्रष्टाचारको सुचकांकमा नेपालकाे अवस्था र सुधारका प्रयासबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

पारदर्शी सराेकार समूह बुटवलका अध्यक्ष लालहरी पाण्डेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा ट्रान्सपरेनसी ईन्टरनेशनल नेपालका केन्द्रीय सदस्य एवं पारदर्शी सराेकार समूह बुटवलका संस्थापक महेन्द्रनारायण श्रेष्ठ,पारदर्शी सराेकार समूह बुटवलका उपाध्यक्ष दीपक ढकाल,सचिव साेनु थापालगायतले आ आफ्नो भनाइ राखेका थिए ।