बुटवल,४ असार ।
प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ६ शहिदपथबाट दुई भारतीय कार नियन्त्रणमा लिएको छ ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतबाट संचालन गरिएको सर्च एन्ड स्वीप अपरेसनका क्रममा बुधबार साँझ सिद्धार्थनगर नगरपालिका वडा नं ६ शहिदपथबाट बेवारिसे अवस्थामा रहेका अन्दाजी मुल्य रु २७,००,०००।– बराबरको भारतीय नम्बरका सवारी साधनहरु नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिइएका सवारीसाधनमा युपी ५३ बि डि ००२९ नं.को हुन्डाई कम्पनीको कार र युपी ५३ डि एफ ६९८० नं.को महिन्द्रा कम्पनीको कार रहेका छन् ।
नियन्त्रणमा लिइएका सवारीसाधनहरुलाई आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देही बुझाइएको प्रहरीले जनाएको छ ।
त्यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।






