बुटवल,३ असार ।
रुपन्देही जिल्लाको मायादेवी गाँउपालिका वडा नं.५ पर्सहवामा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामा दुई वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागी मायादेवी गाउँपालिकाको कार्यालयमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार जिल्लाको मायादेवी गाँउपालिका वडा नं.५ पर्सहवामा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामा लु २ ख ३७९८ र लु २ ख ३५२१ नं. को टिप्पर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गाउँपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् तथा ओसारप्रसार गर्ने कार्यमा संलग्न ती टिप्परहरुलाई एक लाख चार हजार ४०० रुपयाँ जरिवाना भएको पनि प्रहरीले जनाएको छ ।
ती टिप्पर कस्का हुन् भन्ने बिषयमा भने प्रहरीले केही खुलाएको छैन ।






