रोल्पा,३ जेठ ।
एकै घरका दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा राेल्पामा ५५ वर्षीय एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउँपालिका-४ थर्पु निवासी ५५ वर्षीय धनप्रसाद पुन रहेका छन् । प्रहरीका अनुसार पुनले एक १५ वर्षीया बालिका र उनकी ११ वर्षीया बहिनीमाथि जबर्जस्ती करणी गरेको आरोप छ ।
घटनाबारे प्राप्त उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।






