भाषा,कला संस्कृतिको संरक्षणसँगै सीप र उत्पादनसँग जाेडिनुपर्नेमा जाेड
टवल,३० जेठ ।
नेपाल मगर संघ बुटवल उपमहानगर समितिकाे आयोजना र बुटवल उपमहानगरपालिकाकाे सहयोगमा सञ्चालित एक महिने मगर भाषा (ढुट) प्रशिक्षण तथा भाषा संरक्षण मानव संसाधन विकास कार्यक्रम समापन भएको छ ।

प्रशिक्षणको शनिबार एक कार्यक्रमकाबीच समापन गरिएको हो ।

समापनका अवसरमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई सांस्कृतिक शहरको रूपमा विकास गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले विभिन्न जात जाति, समुदाय र भाषा भाषिकाे भाषा,कला, संस्कार र संस्कृतिकाे संरक्षणलाई प्राथमिकता दिएको बताए । मगर समुदाय संस्कार र संस्कृतिमा धनी रहेको स्मरण गर्दै नगर प्रमुख पाण्डेयले आफ्नो भाषा,कला,संस्कार र संस्कृतिको संरक्षणसँगै मगर समुदाय सीप र उत्पादनमा पनि जाेडिनुपर्नेमा जाेड दिए ।

कार्यक्रममा उपप्रमुख सावित्रा देवी अर्यालले बिबिध कारणले विकास निर्माणका सबै योजना सम्पन्न गर्न नसके पनि भाषा,कला,संस्कार र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन भएको भन्दै मगर समुदाय अब आफ्नो भेष भुषाकाे पाेसाक उत्पादन गर्ने तर्फ पनि लाग्नुपर्ने बताइन् ।

नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष लुमबहादुर सारू मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा मगर संघका केन्द्रीय सदस्य साेनु थापा मगर, संघका प्रदेश सदस्य लालबहादुर थापा,जिल्ला अध्यक्ष थर्कबहादुर बारघरे,सल्लाहकार गाेपाल बहादुर चाैहान, संघका जिल्ला उपाध्यक्ष हेमन्त बुढाथोकी,सचिव खीमा राना मगर, मगर संघ बुटवल वडा नं १४ का अध्यक्ष शिव बहादुर थापा,प्रशिक्षार्थीहरू सविना पुन मगर र रीता अर्घाली मगरलगायतले कार्यक्रमकाे उदेश्य र महत्वबारे आ आफ्नो भनाइ राखेका थिए ।