बुटवल,२९ जेठ ।
बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आज बसेको नगरसभाको १९ औ अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले पूर्वाधार विकास, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सुचना प्रविधि सेवा विस्तारलाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
बुटवललाई स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको बिकास गरि बस्न योग्य सहर बनाउने मुल उदेश्य रहेको जनाउँदै नगर प्रमुख पाण्डेयले नागरिकको जीवनस्तर सुधार्ने, पारदर्शिता बढाउने र दिगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यसहित नीति तथा कार्यक्रम ल्याइएको जानकारी दिए ।
नीति तथा कार्यक्रममा बुटवललाई शैक्षिक जनशक्ति उत्पादनको हब बनाउने उदेश्यका साथ यहाँका सामुदायीक विद्यालयहरुको भौतिक तथा शैक्षि विकासको निम्ती दरबन्दी थप गर्ने,भौतिक पूर्वाधार निर्माणमा लगानी गर्ने र दक्ष जनशक्ती उत्पादनमा जोड दिई शैक्षिक गुणस्तर वृद्धि गर्ने लक्ष लिइएको छ ।
बुटवललाई उत्कृष्ट पर्यटकिय गन्तब्यको रुपमा स्थापित गर्नको लागी भारतदेखि मुक्तीनाथ जाने र चिनदेखी लुम्बिनी आउने पर्यटकहरुलाई सहजीकरण गरि पर्यटन प्रबद्र्धन तथा व्यापार व्यवसाय साझेदारी समेत हुनेगरी कालीगण्डकी करिडोर क्षेत्रका स्थानीय तहहरुसंग सहकार्य गर्ने नीति लिइएको उनलेे बताए ।
बुटवललाई आर्थिक केन्द्रको रुपमा विकास गर्न बर्दघाट देखि चन्द्रौटा सम्मका सबै पालिकाहरु संग अन्तरक्रिया ,छलफर र गोष्ठि जस्ता कार्यक्रम गरि छलफललाई सघन बनाइने जनाइएको छ ।
जेष्ठ नागरिकहरुको लागी सम्मान जनक स्वास्थको पहूँच,सुरक्षित बालबालिका विश्वासिलो भरपर्दो स्वास्थ्य सेवा भन्ने नीति ल्याइएको छ ।
बुटवललाई एक वडा एक व्यवसायीक केन्द्र सहितको पहिचानको रुपमा विकास गर्ने नीति पनि बुटवलको योजना छ ।
बेरुजुको अन्त्य गरि शुसासनमा जोड भन्ने नारा सहित बेरुजु असुली र अनियमित खर्चलाई कानुन बमोजिम फछ्र्यौट गदै आर्थिक पार्दसितालाई सबल बनाउन आन्तरिक लेखा परिक्षणमा विशेष जनशक्ति परिचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
खाद्य सुद्धतालाई मध्येनजर गरि बुटवलमा ल्याब प्राविधिक सहित खाद्य सुद्धता चेकजाँच गर्ने व्यवस्था मिलाउने जनाइएको छ ।
बुटवलका मुख्य सडकहरु चिडियाखोला योगिकुटि रामनगर तमनगर बेलबास बेथरी सडकलाई उज्यालो र हरियाली सहित सौन्दर्यकरण गर्ने नीति ल्याइएको छ ।
कृषिमा उत्पादकको माग: नगरको साथ,कृषि विकास,केपाइन्छ होइन के चाहिन्छ भन्ने नीति अवलम्ब गर्ने नीति अवलम्बन गरिएको छ ।
“घुमौ बुटवल” भन्ने अभियान अन्तर्गत यसै आर्थिक वर्षलाई बुटवल भ्रमणवर्ष घोषणा गरी आन्तरिक र बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्नको लागी अभियान सञ्चालन गरिने जनाइएको छ ।






