बुटवल,२५ जेठ ।
बुटवल उपमहानगरपालिका वडा नं ६ काे कार्यालयले उत्कृष्ट करदाता तथा सामाजिक कार्यमा याेगदान दिने वडावासीहरूलाई सम्मान गरेको छ ।

उनिहरूलाई साेमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय,वडा अध्यक्ष लाेकनाथ न्याैपानेलगायतले सम्मान पत्र र दाेसल्ला ओढाएर सम्मान गरेको हो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले सामाजिक कार्यमा याेगदान दिनेहरूलाई सम्मान गर्ने परिपाटीको सुरुवात गरेको भन्दै यसले सामाजिक कार्यमा अग्रसर हुन उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

अन्तर्राष्ट्रिय बजारमा अलकत्राकाे मुल्यबृद्वि भएका कारण कतिपय सडकको ठेक्का नलागेको भन्दै उनलेे सडक पिच गर्न छाडेर अब ढलान गर्ने योजना रहेको उल्लेख गरे ।

भूमि सम्बन्धि ऐनका कारण स्थानीय तहका लागि सहजै जग्गा प्राप्ति हुन नसक्दा कतिपय वडा कतिपय कार्यालयलगापतका संरचना निर्माणमा कठिनाइ भएको भन्दै नगर प्रमुख पाण्डेयले भूमि ऐन संशोधन गर्न संघीय सरकारसँग माग गरे ।

साे अवसरमा वडाका जेष्ठ नागरिकहरूलाई पाैष्टिक आहार हर्लिक्ससहित सम्मान गरिनुकासाथै एक महिने बाध्यवादन (मादल) बजाउने तालिमका सहभागीहरूलाई प्रमाणपत्र बितरण गरिएको थियो ।
वडा अध्यक्ष लाेकनाथ न्याैपानेकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा
वडा सदस्य पम्फा कुमारी थापा,उत्कृष्ट करदाताकाे रूपमा सुरेन्द्र प्रसाद श्रेष्ठ,कार्यक्रम संयोजक तारा गहतराज,प्रशिक्षार्थी लक्ष्मी भट्टराई वडा सचिव नारायण प्रसाद खनाललेलगायतले आ आफ्नो भनाइ राखेका थिए ।