बुटवल,२४ जेठ ।
तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समितिकाे आयोजनामा सञ्चालित दस दिने घाँटु नाच प्रशिक्षण कार्यक्रम समापन भएको छ ।

प्रशिक्षण कार्यक्रमकाे समापनका अवसरमा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई शिक्षा,स्वास्थ्यका साथै सांस्कृतिक शहरको रूपमा विकास गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले विभिन्न जात जाति,भाषी र समुदायको लाेक संस्कृतिको संरक्षण र सम्वर्द्वनका लागि बजेट छुट्याउदै आएको बताए ।

तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद,बुटवल उपमहानगर समितिका अध्यक्ष बुद्धि प्रसाद गुरूङले लाेपाेन्मुख रहेको घाँटु नाचकाे संरक्षण र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उदेश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको भन्दै प्रशिक्षणका लागि आर्थिक सहयोग गरेकोमा बुटवल उपमहानगरपालिकाप्रति आभार प्रकट गरे ।

तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद, बुटवल उपमहानगर समितिका उपाध्यक्ष बीरबहादुर गुरूङकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तमु ह्युल छाेजधी गुरूङ राष्ट्रिय परिषद,लुम्बिनी प्रदेश प्रमुख झपट बहादुर गुरूङ,तमु ह्युल छाेजधी गुरूङ राष्ट्रिय परिषद बुटवलकि संरक्षक बिमला गुरूङ,प्रशिक्षक युवराज गुरूङ,
तालिम संयोजक लाेकमाया गुरूङ,तमु ह्युल छाेजधी बदेलपाेखरी इकाई अध्यक्ष झलबहादुर गुरूङ,पेलु संघका अध्यक्ष देवेन्द्र गुरूङ,
प्रशिक्षार्थी सम्झना गुरूङ,परिषदकि बुटवल उपमहानगर समिति बरिस्ठ उपाध्यक्ष उमा गुरूङलगायतले आ आफ्नो भनाइ राखेका थिए ।

साे अवसरमा लमजुङ चरागाँउ स्थित सातकन्या तमु समाजद्वारा संरक्षित घाँटु नाचलगायतका नाच प्रस्तुत गरिएको थियो ।