बुटवल,२४ जेठ ।
रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ लाख ९५ हजार भारुसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
भैरहवाबाट काठमाडौँतर्फ प्रस्थान गर्ने क्रममा एक भारतीय नागरिकको साथबाट ७ लाख ९५ हजार भारु फेला परेको हो ।
विमानस्थल सुरक्षा जाँचका क्रममा ५९ वर्षीय भीमा श्रीनिवासको साथबाट ७ लाख ९५ हजार भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । उनी भारतको आन्ध्र प्रदेश राज्यको प्रकाशम जिल्लाका स्थायी बासिन्दा रहेको जनाइएको छ ।
शनिबार दिउँसो करिब ३ बजेर १० मिनेटमा काठमाडौँ जान लागेको उडान नम्बर ८६० मा सवार हुने क्रममा उनको साथमा रहेको खैरो रङको हाते झोला जाँच गर्दा उक्त रकम भेटिएको हो ।
विमानस्थलको आन्तरिक टर्मिनलमा रहेको हाते सामान जाँच गर्ने एक्सरे मेसिनबाट परीक्षण गर्दा ५०० दरका १ हजार ५९० थान नोट फेला परेको प्रहरीले जनाएको छ ।
बरामद रकमबारे आवश्यक अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ ।






