बुटवल,२३ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा देवदह मेडिकल कलेज देवदह रूपन्देहीले बृक्षाराेपण कार्यक्रम सम्पन्न गरेको छ ।
देवदह मेडिकल कलेज परिसरमा आयोजित बृक्षाराेपणमा लिचि, कटहर,गुल्मर,कपुर, कल्की,आँपलगायतका २०० बिरूवा राेपिएकाे कलेजले जनाएको छ ।
कार्यक्रममा कलेजका अध्यक्ष गाेपाल बहादुर पाेखरेलले वातावरणलाई स्व्च्छ राख्न बृक्षाराेपणकाे भुमिका महत्त्वपूर्ण रहेको भन्दै बृक्षाराेपण गरिएका बिरूवाकाे संरक्षण गर्नुपर्नेमा जाेड दिए ।
स्वच्छ वातावरणका लागि बृक्षाराेपण जरुरी भए जस्तै शरिरलाई स्वस्थ राख्न मेडिटेशन र याेगा अपरिहार्य रहेको उनको भनाइ थियो ।
वातावरण दिवसका साथै शुक्रबार अस्पतालका अध्यक्ष पाेखरेलकाे जन्मदिन समेत परेकोले केक काटेर जन्मदिन मनाइएको थियो ।
कार्यक्रममा लुम्बिनी मेडिकल कलेज पर्भासका सञ्चालक गाेविन्द गाैतम,देवदह मेडिकल कलेजका प्रशासकीय प्रमुख खड्क बहादुर जिरेल,गाेविन्द पराजुलीलगायतले अध्यक्ष पाेखरेललाई जन्मदिनको शुभकामना दिदै आगामी दिनमा थप सामाजिक कार्यमा लाग्ने प्रेरणा मिलाेस् भन्ने कामना गरे ।
कार्यक्रममा अस्पतालका चिकित्सक,कर्मचारी,विद्यार्थीहरूकाे सहभागीता रहेको थियो ।






