KLANG, MALAYSIA - MAY 30: Pictures from the Semi Final 2 match between Nepal and Malaysia during the Asian Games Qualifier Women's 2026 at Bayuemas Oval on May 30, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

काठमाण्डौ,२० जेठ ।
मलेसियामा आजदेखि शुरु भएको एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुआत गरेको छ । नेपालले कतारलाई ८ विकेटले हरायो ।

कतारले दिएको ७७ रनको लक्ष्य नेपालले १० ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो । नेपालका लागि बलिङतर्फ रुबिना क्षेत्रीले ३ विकेट लिइन् भने ब्याटिङतर्फ ओपनर बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् । पूजा महतोले अविजित २८ रन जोडिन । कतारका शाहरीनवाब खान र खादिजा अमदले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कतारले १६ ओभर ५ बलमा अलआउट हुँदै ७६ रन बनाएको थियो । कतारका लागि ओपनर गेटरुडे चन्दिरुले सर्वाधिक २५ रन बनाइन् । नेपालले अब भोलि आफ्नो दोस्रो खेल भुटानसँग खेल्नेछ । महिला टी–२० एसिया कपको छनोट प्रतियोगितासमेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल १८ टोली सहभागी छन् । टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूह ‘डी’ मा कतार, भुटान र हङकङ रहेका छन् । नेपालले समूह चरणको अन्तिम खेल आउदो जेठ २३ गते हङकङसँग खेल्ने तालिका छ । यो प्रतियोगिताबाट उत्कृष्ट चार टोली आउँदो महिला एसिया कपका लागि छनोट हुनेछन् ।