बुटवल,१९ जेठ ।
मानवअधिकारकाे रक्षा र संरक्षणमा नागरिक समाजकाे महत्त्वपूर्ण भुमिका रहने सराेकारवालाहरूले बताएका छन् ।
मानवअधिकार तथा शान्ति समाज रूपन्देहीद्वारा समाजकाे ३० औं वार्षिकोत्सबका अवसरमा मंगलबार बुटवलमा आयोजित “आदर्श नागरिक समाजको परिकल्पना : शान्ति समाजले अवलम्बन गरेको बाटो” बिषयक नागरिक संवाद कार्यक्रममा बाेल्ने सराेकारवालाहरूले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा समाजका पुर्व केन्द्रीय सभापति गाेविन्द खनालले मानवअधिकारकर्मीहरूकाे भुमिका कहिल्यै पनि कम नहुने भन्दै समय परिस्थिति अनुसार शैली र ताैर तरिका भने फरक हुनसक्ने बताए ।
मानवअधिकारकाे रक्षा,लाेकतन्त्र,अहिंसा र शान्ति शान्ति समाजको मूल मन्त्र भएको भन्दै उनलेे मानवअधिकारकर्मी सधैं चनाखो हुनुपर्नेमा जाेड दिए ।
मानवअधिकार तथा शान्ति समाज रूपन्देहीका सभापति अर्जुन ज्ञवालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य हरिप्रसाद अर्याल,समाजका केन्द्रीय सचिव डिपी खनाल,
समाजका केन्द्रीय सदस्य तथा पुर्व जिल्ला सभापति लालहरी पाण्डे,पर्यटन व्यवसायी माधव नेपाल,उद्योग व्यापार संगठन रूपन्देहीका महासचिव विजय आचार्य,समाजका पुर्व सभापति लालप्रसाद पंगेनी,पुर्व सभापति दीवाकर घिमिरे,गैरसरकारी संस्था महासंघ रूपन्देही सचिव सावित्रा घिमिरे,समाजका सहसचिव अर्जुन कुँवरलगायतले आ आफ्नो भनाइ राखेका थिए ।






