काठमाण्डाै,१९ जेठ ।
सरकारले निजी अस्पताललाई आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा दिन सकिने जानकारी गराएको छ ।
सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बीमा बापतको रकम दाबी भुक्तानी नदिने स्वास्थ्य बिमा बोर्डले सूचित गरेको छ ।

बोर्डले हिजो सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थाको नाममा सूचना निकालेर सामान्य प्रकृतिका बिरामीले पनि अत्यावश्यक सेवा अन्तर्गत निजीमा भर्ना भएको पाइएमा स्वास्थ्य बीमामा दाबी नपुग्ने जनाएको हो । बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्र निजी अस्पतालबाट दिएको आकस्मिक सेवामा बिमा कार्यक्रम अन्तर्गत दाबी भुक्तानी हुने बोर्डले उल्लेख गरेको छ ।

गएको शनिवारदेखि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको बोर्डले अबदेखि निजीबाट दिने आकस्मिक भर्नाको दाबी भुक्तानीमा पनि कडाइ गरेको हो । बोर्डले निजी अस्पतालबाट दिने अत्यावश्यकबाहेकका सेवामा स्वास्थ्य बीमाको दाबी भुक्तानीलाई हटाएको छ ।

Screenshot