काठमाडौ,१५ जेठ ।
अब स्वदेशी मदिरालाई पनि अन्त:शुल्कमा आवद्व गरिने भएको छ ।
आगामी आर्थिक वर्षदेखि सरकारले स्वदेशी मदिरा उत्पादनको पनि लाइसेन्स दिने भएको छ ।

सरकारले माइक्रो ब्रुअरी मार्फत स्वदेशी मदिरा उत्पादन गर्न दिने आगामी आर्थिक वर्षको बजेटमा व्यस्था गरेको हो ।

यसरी उत्पादन हुने स्वदेशी मदिरालाई अन्त:शुल्कमा आबद्ध गर्ने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए ।