बुटवल,१५ जेठ ।
तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समितिकाे आयोजनामा आजदेखि बुटवलमा घाँटु नाच प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

बुटवल उपमहानगरपालिकाकाे सहकार्यमा सञ्चालित प्रशिक्षणकाे शुक्रबार एक कार्यक्रमकाबीच तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद,प्रदेश अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिका वडा नं १३ का जनप्रतिनिधि लालबहादुर गुरूङले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि तमु ह्युल छाेज धी प्रदेश अध्यक्ष लालबहादुर गुरूङ,खेमा लिपिका लेखक बालनरसिंह गुरूङ,केन्द्रीय भाषिक सल्लाहकार भिम गुरूङ,जिल्ला अध्यक्ष राम बहादुर गुरूङ, तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद रूपन्देही जिल्ला संरक्षक समिति अध्यक्ष बिमला गुरूङ,गुरूङ कलाकार धनबहादुर गुरूङ,तमु माघी जिल्ला अध्यक्ष बबिता गुरूङ,तमु पेलु संघका नगर अध्यक्ष देवेन्द्र गुरूङ,इटाभट्टी इकाई अध्यक्ष दलबहादुर गुरूङलगायतले घाँटु नाच गुरूङ समुदायको संस्कृतिसँग सम्बन्धित रहेको भन्दै त्यसको संरक्षणका लागि सबै लाग्नुपर्नेमा जाेड दिए ।

तमु ह्युल छाेज धी गुरूङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समितिका अध्यक्ष बुद्धि प्रसाद गुरूङकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका बरिस्ठ उपाध्यक्ष उमा गुरूङ,उपाध्यक्ष वीरबहादुर गुरूङलगायतले प्रशिक्षणको आवश्यकता र उदेश्य बारे आ आफ्नो भनाइ राखेका थिए ।

प्रशिक्षण यही जेठ २४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।