बुटवल,१४ जेठ ।
नेपाली चलचित्र मितज्युकाे प्रमाेशन टोली बिहीबार बुटवल आइपुगेको छ ।

निर्देशक अनिल बुढा मगरसहितका कलाकारहरूकाे टोली चलचित्रका
प्रमाेशनका क्रममा बुटवल आइपुगेकाे हाे ।

सराेकारवालाहरूसँगकाे सम्वादका क्रममा निर्देशक बुढा मगरले फिल्म काे प्रमाेशनका लागि मात्रै नभएर दर्शकहरूले कस्तो फिल्म मनपराउछन् भन्ने बुझ्न पनि आफुहरू देश दाैडाहामा निस्किएको बताए । चलचित्र मितज्युले जेनजी आन्दोलन अगाडिको देशको राजनीतिक अवस्थाकाे बारेमा उजागर गर्ने प्रयास गरेको उनको भनाइ छ ।

कार्यक्रममा बरिस्ठ कलाकार दयाहाङ राई,टेरिया फाैजा मगर,खड्कबहादुर पुन,रागश्री कलाकेन्द्रका सञ्चालक सुरेश सेन्चुरीलगायतले नेपाली फिल्मी क्षेत्रको अवस्था र चलचित्रले दिन खाेजेकाे सन्देश बारे आ आफ्नो भनाइ राखेका थिए ।