पाल्पा,१३ जेठ ।
निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान हुँदै आएको स्वास्थ्य वीमा सम्बन्धि सेवाहरू जेठ १६ गतेदेखि स्थगित हुने भएको छ ।
स्वास्थ्य विमा बार्डले मंगलबार एक सुचना जारी गरि निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान हुँदै आएको स्वास्थ्य वीमा सम्बन्धि सेवाहरू यही जेठ १६ गतेदेखि अनिस्चितकालका लागि स्थगित गरिएको जनाएको हो ।
स्वास्थ्य वीमा बाेर्डकाे बढ्दो आर्थिक संकटलाई मध्यनजर गर्दै साेमबार बसेकाे बाेर्ड बैठकको निर्णय अनुसार जेठ १६ गतेदेखि निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान हुँदै आएका स्वास्थ्य वीमा कार्यक्रमहरू अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिएको बाेर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा हस्ताक्षरित सुचनामा जनाइएको छ ।
स्वास्थ्य वीमा बाेर्डले जेठ १६ गतेदेखि सेवा स्थगित गर्ने जनाए पनि बिहीबारदेखि लगातार ४ दिन सार्वजनिक बिदा परेकाले निजी स्वास्थ्य संस्थाहरूबाट आज मात्रै स्वास्थ्य वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
स्वास्थ्य वीमा सम्बन्धि सेवा स्थगित हुने सुचनापछि आज निजी स्वास्थ्य संस्थाहरूमा सेवाग्राहीहरूकाे भिड लागेको छ ।







