बुटवल,१३ जेठ ।
बुटवल उपमहानगरपालिका राेजगार प्रवर्द्धन शाखाद्वारा आयोजित १६० घण्टाकाे ड्राेन उडाउने तालिम समापन भएको छ ।

तालिमको बुधबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले समापन गरेका हुन् ।

समापनका अवसरमा नगर प्रमुख पाण्डेयले नगरवासीलाई सीपसँग जाेडेर स्वराेजगार र आत्मनिर्भर बनाउने उदेश्यले बुटवल उपमहानगरपालिकाले मेयर युवा इलम कार्यक्रम अन्तर्गत विभिन्न किसिमका सीपमूलक तालिम दिदै आएको जानकारी गराउदै तालिमबाट धेरै युवा स्वराेजगार बनेको बताए ।

सीप बिनाकाे शिक्षाले बेरोजगार मात्रै उत्पादन गर्ने भन्दै नगर प्रमुख पाण्डेयले आफुहरू निर्वाचित भएपछि प्राविधिक शिक्षा तथा सीपमूलक तालिममा जाेड दिएको जानकारी गराए ।

उनलेे तालिममा सिकेका सीपको सदुपयोग गरि स्वराेजगार बन्न सहभागीहरूलाई आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका राेजगार प्रवर्द्धन शाखा प्रमुख अरविन्द पाण्डेयले तालिमको उदेश्य र उपयोगीता बारे प्रकाश पारेका थिए ।

साे अवसरमा प्रशिक्षार्थीहरू कमला तिवारी र चिन्तामणि घर्तीले तालिम अति उपयोगी भएको भन्दै आफुले सिकेको सीपलाई ब्यवहारमा लागू गरेर स्वराेजगार बन्ने प्रतिवद्वता ब्यक्त गरे ।

२२ जनाका् सहभागीता रहेको तालिममा ईन्जिनियर अंकित बरईले प्रशिक्षण दिएको हब आईटी बुटवलका सञ्चालक हरी बन्जाडेले जानकारी दिए ।