बुटवल,१२ जेठ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका बिभिन्न स्थानहरुबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको करिब १४ लाख ३३ हजार ६०५ मूल्य बराबरको सामानहरु नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मिति २०८३।२।११ गते जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली चोरी पैठारी गरेको .१४ लाख ३३ हजार ६०५ मूल्य बराबरको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीनेश बहादुर कुँवरले जानकारी दिए ।
प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.१० स्थित शंकरपुरबाट अन्दाजी मूल्य रु. ४०,०००।–बराबरको २०० के.जी. आंप बरामद भएको छ भने सिद्धार्थनगर नगरपालिका वडा नं.८ स्थित कान्छिबजारबाट अन्दाजी मूल्य रु.२४,०००।–बराबरको ४ बोरा कागती बरामद भएको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नं. २ स्थित झण्डिबजारबाट अन्दाजी मूल्य रु.८,७४५।– बराबरको विभिन्न दैनिक उपभोगका सामानहरु बरामद गर्नुका साथै सिद्धार्थनगर नगरपालिका वडा नं. १ स्थित बाईपासबाट अन्दाजी मूल्य रु.६०,०००।–बराबरको लु४१प ९३१३ नं.को मोटरसाइकल सहित २५ के.जी.बोईलर कुखुराको मासु बरामद भएको प्रहरीले जनाएको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नं. १ स्थित बेलहियाबाट अन्दाजी मूल्य रु.१६,४४०।– बराबरको तरकारी प्रहरीले बरामद गरेको छ भने बेलहियाबाटै अन्दाजी मूल्य रु.१५,०००।–बराबरको १० पिस सुट बरामद भएको छ ।
सिद्धार्थनगर नगरपालिका नं. ६ स्थित पञ्चरत्नटोलबाट अन्दाजी मूल्य रु.५,०००।–बराबरको १ बोरा हुक्कामा प्रयोग हुने रवरको पाईप बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै बुटबल उप–महानगरपालिका वडा नं. ९ स्थित आइ.सि.आई पथबाट अन्दाजी मूल्य रु.९,३२,८००।– बराबरको लु २८ प ७६१२ नं. को मोटरसाइकल सहित १९,७६९ जोर मोजा र १८४० पिस लेडिज ब्रा बरामद भएको छ भने जिल्लाकै रोहिणी गाउँपालिका वडा नं. १ स्थित बेनीपुरबाट अन्दाजी मूल्य रु.१८,०००।– बराबरको विभिन्न किराना सामानहरु बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्लाको रोहिणी गाउँपालिका वडा नं. २ स्थित बैरिहवाबाट अन्दाजी मूल्य रु.७,०००।– बराबरको ७ पेटी टायल बरामद भएको छ भने मायादेवी गाँउपालिका वडा नं. ६ स्थित बेथरीचोकबाट अन्दाजी.मूल्य रु.४१,०००।– बराबरको लु ४ प ३४७६ नं.को मोटरसाइकल सहित ८० के.जी.धानको बिउ बरामद भएको छ ।
मायादेवी गाँउपालिका वडा नं. ६ स्थित बेथरीबाटै अन्दाजी मूल्य रु.१४,०००।–बराबरको ४८ के.जी. ब्रोईलर कुखुरा बरामद भएको छ भने सम्मरीमाई गाँउपालिका वडा नं. ५ स्थित चकियाबाट अन्दाजी मूल्य रु.३०,०००।– बराबरको १०० के.जी.बोईलर कुखुरा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ४ स्थित जयनगरबाट अन्दाजी मूल्य रु.९५,०००।–बराबरको लु ४ प ८७०३ नं. को मोटरसाइकल सहित ९०० पिस ब्रोइलर कुखुरा, लुम्विनी साँस्कृतिक नगरपालिका वडा नं. १३ स्थित वडओलियाबाट अन्दाजी मूल्य रु.३८,१२०।–बराबरको ५०६ पिस सुनका गहना राख्ने बिभिन्न बट्टाहरु र १६ पिस फलामको हम्मर, कोटहीमाई गाँउपालिका वडा नं.१ स्थित सिपँवाबाट अन्दाजी मूल्य रु.७८,०००।–बराबरको ज्ञ ५६ बी ८८४२ नं.को मोटरसाइकल सहित ६० के.जी. बोईलर कुखुरा, शुद्धोधन गाँउपालिका वडा नं. ६ स्थित बकुलीबाट अन्दाजी.मूल्य रु.१०,५००।–बराबरका ेकिराना सामानहरु बरामद भएको छ ।
घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।






