बुटवल,११ जेठ ।
बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा एसईई २०८२ मा ४ जि पि ए ल्याउने विद्यार्थी तथा विद्यालयहरूलाई सम्मान गरेको छ ।

उपमहानगरपालिकाले साेमबार एक कार्यक्रमकाबीच नगर प्रमुख खेलराज पाण्डेय,उपप्रमुख सावित्रा देवी अर्याल,प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीलगायतले ४ जि पि ए ल्याउने विद्यार्थी तथा विद्यालयहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेयले शिक्षामा बुटवलले ठूलो लगानी गरेकै कारण पछिल्लो समय शिक्षामा बुटवल अब्बल बनेको बताए ।

साे अवसरमा उपप्रमुख सावित्रा देवी अर्यालले जुन विद्यालय कमजोर छ ती विद्यालयहरूमा बुटवल उपमहानगरपालिकाले बढी लगानी गरेको भन्दै त्यसमा पनि आधारभूत तहमा बढी लगानी गरेको उल्लेख गरे ।

बुटवल उपमहानगरपालिका भित्रका १४ विद्यालयका ४६ जना विद्यार्थीले ४ जि पि ए ल्याएकाे उपमहानगरपालिकाका शिक्षा अधिकृत यादव चन्द्र विष्टले जानकारी दिए ।

कार्यक्रममा ४ जि पि ए ल्याउने विद्यार्थीहरू सीमरन न्याैपाने,शिशिर आचार्य, युगल पन्थीलगायतले आ आफ्नो भनाइ राखेका थिए ।