बुटवल,११ जेठ ।
बुटवल उपमहानगरपालिका वडा नं ५ काे आर्थिक बर्ष २०८३/०८४ का लागि वडा स्तरीय योजना तथा कार्यक्रम सम्बन्धि वडा भेला साेमबार सम्पन्न भएको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष हरिप्रसाद श्रेष्ठले आफुहरू निर्वाचित भएपछि भए गरेका योजना तथा कार्यक्रमबारे जानकारी गराउदै घाेषणा पत्रमा उल्लेख गरे भन्दा धेरै काम गर्न सफल भएको बताए ।
वडा कार्यालयबाट निशुल्क फाेटाेकपि र निवेदन लेखिदिने सेवा दिदै आएको जानकारी गराउदै वडा अध्यक्ष श्रेष्ठले सुरुमा ३५ लाखकाे बजेट शिलिङ ५७ लाख पुराउन सफल भएको उल्लेख गरे ।
आफुहरू निर्वाचित भएपछि शिक्षाक्षेत्रमा उल्लेख्य रूपमा बजेट छुट्टयाइएको भन्दै उनले त्यसको परिणाम स्वरूप वडाका विद्यालय तथा क्याम्पसहरूबाट राम्रो नतिजा आएको बताए ।
तिनाउमा बन्ने सिग्नेचर पुलसँगै अण्डरपास सडक निर्माण गर्ने सहमति गराउन सफल भएको भन्दै उनलेे हाटबजार व्यवस्थापन गर्ने बिषयमा छलफल भइरहेको जानकारी गराए ।
कार्यक्रममा वडा सदस्यहरू यमुना श्रेष्ठ, बिन्दु बिक, अनिल गहतराज,श्यामबहादुर थपा, वडा सचिव राधिका श्रेष्ठ,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले आ आफ्नो भनाइ राखेका थिए ।







