काठमाडौँ,९ जेठ ।
सरकारले मन्त्रालयमा नविकरण भएका शैक्षिक परामर्शदातृ संस्थाहरूसँग मात्र सेवा लिन आग्रह गरेको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ७६० शैक्षिक परामर्शदातृ संस्था (कन्सल्टेन्सी) मात्रै नविकरण भएकाे जनाउँदै मन्त्रालयले स्वीकृति प्राप्त गरेका कन्सल्टेन्सी
बाट मात्र सेवा लिन आग्रह गरेको हो ।

मन्त्रालयले भनेको छ- ‘आर्थिक वर्ष २०८२/०८३ का लागि हालसम्म नविकरण भएका संस्थाहरूको सूची मिति २०८३/०२/०६ को सचिव स्तरिय निर्णय अनुसार प्रकाशन गरिएको छ । शैक्षिक परामर्श लगाएतका सेवाहरु लिदा सँलग्न सूचिबाट सैस्थाहरुले उपलब्ध गराउन पाउने सेवाहरु पहिचान गरेर मात्र सेवा लिनुहुन समेत सम्बन्धित सबैमा सूचित गरिन्छ । शैक्षिक परामर्शदातृ निकायहरुले समेत स्वीकृत सेवाहरुको अधिनमा रहेर सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउनुहुन समेत जानकारी गराइन्छ ।’

मन्त्रालयले आ.व.२०८२/०८३ का लागि कुल ७६० कन्सल्टेन्सी नवीकरण भएको जानकारी दिएको छ ।