बुटवल,८ जेठ ।
बुटवल उपमहानगरपालिकामा आजदेखि डिजिटल भवन निर्माण अनुमति प्रणाली कार्यान्वयनमा आएको छ ।
अनलाइन प्रक्रिया बाट घर नक्सा पास गर्न डिजिटल भवन निर्माण अनुमति प्रणालीकाे शुक्रबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा नगर प्रमुख पाण्डेयले काठमाडौं उपत्यका बाहिर बुटवल उपमहानगरपालिकाले घर नक्सा पास गर्ने कार्य अनलाइन प्रणालीमा लगिएको भन्दै यसले सेवाग्राहीलाई सहज हुने विश्वास व्यक्त गरे ।
हाललाई घर नक्सा पास गर्ने कार्य अनलाइन प्रणालीमा लगिए पनि आगमि दिनमा अन्य सेवा पनि अनलाइन प्रणालीमा लगिने उनको भनाइ छ ।
साे अवसरमा उपप्रमुख सावित्रादेवी अर्याल,प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवाली,भवन निर्माण महाशाखा प्रमुख इन्जिनियर सुमन श्रेष्ठलगायतले अनलाइन प्रणालीलाई थप प्रभावकारी, सुरक्षित र भरपर्दो बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जाेड दिएका थिए ।






