काठमाडौं,७ जेठ ।
बिपक्षी दलका सांसदहरुको नाराबाजीका बीचमा प्रतिनिधि सभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ पारित भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विधेयक विपक्षी सांसदहरुले नाराबाजी गरिरहेकाे अवस्थामा सभामुख डिपी अर्यालले प्रक्रिया अगाडी बढाएर पारित गराएका हुन् ।

विपक्षी दलहरुले प्रधानमन्त्रीलाई संसदमा उपस्थितिका लागि रुलिङको माग गर्दै प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेर नाराबाजी गरेका थिए ।

विहिबारको प्रतिनिधि सभाको बैठकको शुन्य र विशेष समयपछि विपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध शुरु गरेका थिए ।

विरोधकै बीचमा सभामुख अर्यालले संसदको कारवाही अगाडी बढाउदै प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री सोविता गौतमले प्रस्तुत गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३, मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक जेठ १२ गते मंगलबार बस्ने गरि स्थगित भएको छ ।