KLANG, MALAYSIA - MAY 20: Pictures from the match between Malaysia and Nepal during the Malaysia Women's vs Nepal Women's T20i Bilateral Series 2026 at Bayuemas Oval on May 20, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Malaysian Cricket Association

काठमाण्डौ, ६ जेठ ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली मलेसियासँग भएको पहिलो टी–२० खेलमा विजयी भएको छ ।

घरेलु टोलीसँगको दुई वटा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको हो । मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ८ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली मलेसिया १६ ओभर ५ बलमा ६७ रनमा अलआउट भएको थियो । नेपालकी पूजा महतोले ३, मनीषा उपाध्याय र रिया शर्माले दुई÷दुई र कविता कुँवर र सीता मगरले एक/एक विकेट लिए ।

अर्को खेल पर्सि शुक्रबार हुनेछ । एसिसी महिला प्रिमियर कप र २०औँ एसियन खेलकुद प्रतियोगिताको छनोट खेलअघि नेपालले मलेसियासँग टी–२० शृङ्खला खेलेको हो ।