काठमाडौँ,५ जेठ ।
काठमाडौँ उपत्यकाका नदी किनारबाट हटाइएका व्यक्तिहरूलाई पुनर्स्थापना खर्चबापत् सरकारले एकमुस्ट २५ हजार रूपैयाँ उपलब्ध गराउने भएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

वैठकपछि सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले उनीहरूलाई वैकल्पिक व्यवस्था आफैं व्यवस्थापन गर्न ५ सदस्यीय प्रतिपरिवारलाई १५ हजार र सो भन्दा बढी भएकाहरूको हकमा प्रतिसदस्य थप दुई हजार बसोबास व्यवस्थापन खर्च तीन महिनासम्म उपलब्ध गराइने जानकारी दिए ।

साथै वृद्ध, असहाय, अशक्तलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्थापन गर्ने र बालबालिकाहरूको विद्यालय, स्वास्थ्य सेवासुविधाको विषयमा स्थानीय तहको समन्वय र सहकार्यमा गर्ने निर्णय भएको उनले बताए ।