गुल्मी,४ जेठ ।
गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाकाे रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको मोटरसाइकल आइतबार राति करिब १० बजे अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल खसेको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी अन्दाजी ३४ वर्षीय लक्ष्मण थापा र सोही स्थानका अन्दाजी ४५ वर्षीय गिरमान सिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले दुमममई जनालाई उद्धार गरी रिडी प्राथमिक अस्पताल पठाएका थिए । उपचारको क्रममा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।