प्युठान,१ जेठ ।
प्युठानकाे माण्डवीमा मारुती भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लुप्र ०२–००१ ज ०१०४ नम्बरको भ्यान प्युठान–दाङ सडकखण्ड अन्तर्गत माण्डवी गाउँपालिका–१ देविस्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेको छ । भ्यानमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी सहायक निरीक्षक रोशन पुनले जानकारी दिए ।
हालसम्म मृतकको पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त भ्यान पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।






