बुटवल,१ जेठ ।
बुटवल उपमहानगरपालिकाद्वारा आयोजित बैदेशिक राेजगारबाट फर्किएका व्यक्तिहरूका लागि दाेस्राे चरणको उद्ममशिलता प्रवर्द्धन सम्बन्धि तालिम शुक्रबारदेखि सुरु भएको छ ।
तीनदिन सम्म सञ्चालन हुने तालिममा बुटवल उपमहानगरपालिका राेजगार प्रवर्द्धन शाखा प्रमुख अरविन्द पाण्डे, प्रशिक्षक द्राेेण जिसी,मुकुन्द ज्ञवालीलगायतले सहजिकरण गर्ने जनाइएको छ ।
बैदेशिक राेजगारबाट फर्किएका व्यक्तिहरूलाई स्वदेशमै उद्यमशील बनाउने उदेश्यले उद्ममशिलता प्रवर्द्धन सम्बन्धि तालिम दिइएको राेजगार शाखा प्रमुख अरविन्द पाण्डेले बताए ।
तालिममा व्यवसाय प्रवर्द्धन,डिजिटल मार्केटिङ,एआईकाे प्रयोगलगायतका बिषयमा प्रशिक्षण दिइने उनलेे बताए ।
तालिममा ४५ जनाकाे सहभागीता रहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।






