काठमाडौँ,१ जेठ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक परीक्षाको आवेशन फारम खुला गरेको छ ।

बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (एसईई) कक्षा १० ले आज सूचना जारी गर्दै एसईईमा ननग्रेडेड विद्यार्थीको लागि असार १ गतेदेखि सञ्चालन गर्न लागिएको पुरक परीक्षाको आवेदन खुला गरेको हो ।

आगामी असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने बाेर्डले जनाएको छ ।

गत वैशाख २८ गते सार्वजनिक भएको २०८२ सालको एसईई परीक्षामा एक लाख ४६ हजार ५०७ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।